७ फाल्गुन २०७२, शुक्रबार

योगेन्द्र तामाङ ,
काठमाडँोै मुलुकको ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका कयौँ मन्दिरहरु तथा भवनहरुलाई २०७२ साल बैशाख १२ गतेको महाबिनाशकारी भुकम्पले भत्काए । ती महत्वपूर्ण एतिहासिक सम्पदास्थलहरुको सरकारले बल्ल अहिले आएर पुननिर्माण कार्य थालेको छ ।

panchamukhi 2
यसैक्रममा भूकम्पले क्षतिग्रस्त बनाएको राजधानीको मुटुमा अवस्थित पन्चमुखी हनुमान मन्दिरको पुनर्निर्माण कार्य अहिले धमाधाम सुरु भईरहेको छ । ऐतिहासिक धरोहरहरुको पुननिर्माण गर्ने भन्दै सरकारले विभिन्न राष्ट्रिय संकल्पहरु धेरै अघि नै गरेको भए पनि लामो समयसम्म पुननिर्माण नहुँदा सर्वसाधारणहरु अन्यौलमा रहे । तर ढिलै भए पनि अहिले आएर भने सरकारले ती सम्पदास्थलहरुको पुननिर्माण र जिर्णोद्धार कार्य शुरु गरेको छ ।

काठमाडौको वसन्तपुर दरवार क्षेत्रमा अवस्थित पन्चमुखी हनुमान मन्दिर पनि बैशाख १२ गतेको महाबिनाशकारी भुकम्पले पुरै रुपमा क्षतिग्रस्त बनेको थियो । यस मन्दिरलाई हनुमान ढोका दरबार परिसरको महत्वपुर्ण मन्दिरको रुपमा समेत लिइन्छ । यसैले सरकारले शुरु गरेको पुननिर्माणको पहिलो चरण र प्राथमिकतामा यो मन्दिर पनि परेको छ । जसअनुरुप अहिले यस मन्दिरको धमाधम पुननिर्माण कार्य भैरहेको हनुमान ढोका दरबार संग्रालय परिसरका परियोजना प्रमुख विश्णुराज कार्कीले बताउनुभयो ।

उहाँले पन्चमुखी हनुमान मन्दिरलाई आगामी चैत्र मसान्तभित्र पुननिर्माण गरिसक्ने योजनाका साथ काम भैरहेको बताउनुभयो । पन्चमुखी हनुमान मन्दिरको पुननिर्माण कार्य करिब २ करोड रुपैया लगानीमा सम्पन्न गरिसक्ने परियोजना प्रमुख कार्कीको दाबी छ । पन्चमुखी हनुमान मन्दिरको पुननिर्माणमा नेपाल सरकारको मातहतमा रहेको हनुमान ढोका दरबार संग्रालय विकास समिति र अमेरिकी राजदुताबासको संयुतm लगानी रहने पन्चमुखी हनुमान मन्दिरका कार्यकारी निर्देशक सरस्वती सिंहले बताउनुभयो । कार्यकारी निर्देशक सिंहले भुकम्प आउनु अघि नै यस मन्दिरलाई जीर्णाेद्धार गर्ने योजना रहेको बताउँनुभयो । तर भुकम्पले झनै प्रत्यक्ष असर गरेपछि आफुहरु पुननिर्माणमा लागेको बताउनुभयो ।

हनुमान ढोका दरबार तथा संग्रालय परिसरको माझमा रहेको पन्चमुखी हनुमान मन्दिर तात्कालीन मल्ल राजा प्रताप मल्लले विक्रम सम्वतको १७ औ शताब्दीमा निर्माण गरेको अभिलेख रहेको छ ।

LIVE TV