७ फाल्गुन २०७२, शुक्रबार

बर्दिया, बर्दियामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

hatkadi

ठाकुरद्वारा–४ सुतैया गाउँका ६९ वर्षीय जोरासिंह थापाको हत्याका आरोपी सोही ठाउँकै २२ वर्षीय अजित बुढालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका बुढाले थापाको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।

घरको बरन्डामा सुतिरहेका बेला बुधबार राति १० बजेतिर धारिलो हतियार प्रहार गरी वृद्धको हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV