७ फाल्गुन २०७२, शुक्रबार

मोरङ, । करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगर–११ की १८ वर्षीया मेघा कार्कीको आर्थिक अभावमा हात जोड्न समस्या भएको छ ।

karent

सामान्य परिवारकी उहाँको दुवै हात काटिएपछि अहिले उपचारमा समस्या भएको छ । कार्कीको उपचारमा रु तीन लाख ५० हजार खर्च भइसकेको बुबा पर्शुराम घिमिरेले बताउनुभयो । घिमिरेले भन्नुभयो –“अझै कति खर्च लाग्ने हो टुङ्गो छैन ।

आर्थिक अभावका कारण छोरीको उपचार गर्न समस्या भएको उहाँको गुनासो छ । “डाक्टरले एउटा हात जोड्न सकिन्छ भन्नुभएको छ ।” भावुक हुँदै घिमिरेले भन्नुभयो – “पैसा छैन, साह्रै समस्या पर्ने भो, कहाँबाट ल्याउँनु रु”

छोरीको उपचार गर्न आर्थिक अभाव भएपछि सहयोग माग्दै हिँडेको उहाँको भनाइ छ । गत पुस २५ गते जेठानी शर्मिला र सासू पार्वतीका साथ मेघा कार्की बन्दै गरेको आफ्नो घर हेर्न गएकी थिइन् । घरको छतमा पुगेपछि उनलाई अचानक हाइभोल्टेजको करेन्ट लाग्यो । करेन्ट लागेर दुवै हात गुमाएकी मेघाले भनिन् – “छत हेर्न गएका थियौँ । होस आउँदा अस्पतालमा रहेछु ।”

करेन्ट लागेको दुई दिनपछि पुस २७ गते अस्पतालले दुवै हात काम नलाग्ने भन्दै डाक्टरले काटेर फालिदिए । सामान्य परिवारकी उनका दुवै हात काटिएपछि अहिले उपचारमा समस्या भएको छ । पर्शुरामलाई उपचारसँगै छोरीको भविष्यको चिन्ताले सताएको छ । भावुक हुँदै उहाँले भन्नुभयो –“हामी छउन्जेल त हेरचाह गर्छौं । त्यसपछि के हुन्छ । हात जोड्न सके त केही सहज हुन्थ्यो होला ।”

गत फागुन १९ गते विवाह गरेर दिएकी छोरीको दुवै हात गुमेपछि अहिले माइतमा नै राखेर उपचार गराइरहेको पर्शुरामको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV