७ फाल्गुन २०७२, शुक्रबार

इलाम, । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कला र संस्कृतिको विकासले देश विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।

 

jhalnatha

नेपाल ललितकला मञ्च नेपालले आज बिहान इलाम चोकबजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले कला, संस्कृति भनेका देशका बहुमूल्य सम्पत्ति हुन्, तिनको संरक्षण र विकास गर्नुपर्छ, भन्नुभयो ।

साम्राज्यवादको सामु नझुकी कला र संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

“सबै कला र संस्कृति देशप्रेमी हुनुपर्छ”, नेता खनालले भन्नुभयो – “देशप्रेम बिनाको संस्कृतिले विकास सम्भव हुँदैन ।” साहित्य परिवर्तनमुखी हुनुपर्ने जनाउँदै उहाँले साहित्य, कला र संस्कृति परिवर्तन हुँदै एकसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा लामो समयदेखि देखिएको अस्थिरताले नेपालको कला संस्कृतिलाई खासै प्रभाव नपारेको उहाँको भनाइ छ । आजदेखि हुन लागेको जनसांस्कृतिक महासङ्घको २८औँ वार्षिकोत्सवको उद्घाटन तथा जेएन एकल साँझका लागि इलाम आइपुग्नुभएका खनालले आज आफूले रचना गरेको गीतसमेत प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV