७ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले संघर्षबाट जहानियाँ निरकुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।

kkkp 2

लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउनु भएको छ । उहाँले जनाधिकार पुनः प्राप्तिका लागि पटक पटक भएका सशस्त्र र शान्तिपूर्ण आन्दोलन, नेपाली जनताले लोकतन्त्र र समुन्नत समाज स्थापनाका लागि गरेका दुख, कष्ट, त्याग र संघर्ष तथा विशेषतः २०४६ तथा २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनको स्मरण गर्नुभएको छ । उहाँले नेपाली जनताले गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारण अहिले मुलुक समावेशी लोकतन्त्र र सङ्घीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको उल्लेख गर्नुभयो ।
२००७ सालदेखि नेपाली जनताले गरेको संघर्षको परिणाम जननिर्वाचित संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपाली जनताका आफ्नै प्रतिनिधिद्वारा लेखिएकोे संविधान जारी भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले संबिधानले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको दावी पनि गर्नुभयो ।

LIVE TV