७ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ ,प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि सरकारले सीमांकन विवाद सुल्झाउन भन्दै राजनीतिक संयन्त्र गठन गरेको छ । मन्त्रिपरिषदको हिजो साँझ बसेको बैठकले ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो । संयन्त्रको संयोजकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा हुनुहुन्छ । मधेसी मोर्चासँग सहमति नजुटेपछि संयन्त्रका अरु सदस्यको भने टुंगो लागेको छैन ।

MADHESI MORCHA

मधेसी मोर्चा लगायत दलहरुसँग छलफल गरेर सबैको सहमतिमा संयन्त्रका सदस्य र कार्यविधि तय गरिने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

संयन्त्रले तीन महिनाभित्र सीमांकन विवाद समाधान गर्न सुझाव सहितको प्रतिवेदन तयार पार्ने उहाँको भनाई छ । संयन्त्र गठनबारे तीन दल र मधेसी मोर्चाबीच बिहीबार दिनभर भएको छलफलमा कार्यविधिबारे सहमति नभएपछि मन्त्रिपरिषद बैठकले संयन्त्र गठन गरेको हो ।
संयन्त्र गठनमा मोर्चाले यसअघि नै सहमति जनाइसकेको छ । तर कार्यविधिमा मोर्चाले असन्तुष्टी जनाउँदै आएको छ । मोर्चा सहमत नभएपनि उसको माग सम्बोधन गर्न र विवाद सुल्झाउन तयार रहेको सन्देश दिनका लागि प्रधानमन्त्री भारत भ्रमणअघि सरकारले संयन्त्र गठन गरेको हो ।

LIVE TV