७ फाल्गुन २०७२, शुक्रबार

विराटनगर, । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जनता र प्रहरीबीच सुमधुर सम्बन्ध स्थापित भएमात्र शान्ति सुरक्षा मजबुत र अपराध नियन्त्रण हुने बताउनुभयो ।

police

विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै महानिरीक्षक अर्यालले प्रहरी एक्लैको प्रयासले मात्र अपराध नियन्त्रण सम्भव नरहेको धारणा व्यक्त गर्नुभयो ।

महानिरीक्षक अर्यालले धेरै थुनुवा कोठा, धेरै कारागार बनाएरमात्र अपराध नियन्त्रण नहुने बताउँदै प्रहरीले जनताको पक्षमा काम गरी जनताको विश्वास जितेमा अपराध नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

रु नौ करोड ७३ लाख ९३ हजार ७३० लागत एवम् एक बिगाहा चार कट्ठा तीन धुर क्षेत्रफल जग्गामा उक्त नवनिर्मित प्रहरी कार्यालयको निर्माण भएको हो ।

LIVE TV