
कञ्चनपुर, कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ नौखरीका ३२ वर्षीय आशाराम चौधरी घर नजिकैको रुखमा बिहीबार झुन्डिएको अवस्थामा फेला परेका छन् ।
छिमेकीको विवाहमा जान्छु भन्दै घरबाट निस्केका चौधरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । चौधरी झुन्डिएको अवस्थामा देखेपछि घरपरिवारका सदस्यले तत्काल इलाका प्रहरी कार्यालय झलारीमा खबर गरेका थिए ।
घटनास्थलमा पुगेको प्रहरीको टोलीले चौधरीको शव रुखबाट निकाली शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले चौधरीको आर्थिक अवस्था कमजोर रहेकाले घरपरिवारको खर्च धान्न नसक्दा आत्महत्या गरेको हुन सक्ने बताउनुभयो ।