७ फाल्गुन २०७२, शुक्रबार

भौतिक मल्ल ।
यतिबेला प्रधानमन्त्रीको भारत भ्रमणको बिषयले सर्बत्र चर्चा पाईरहेको छ । नपाउन पनि कसरी कठोर राष्ट्रीयताको पक्षमा उभिएका जस्ता लाग्ने मन्त्रि महोद्धयको भित्री मनसाय बुझना बाँकी नै छ र उनका लागी अग्नी परीक्षाको रुपमा खडा भएको देखीन्छ । यो भारत भम्रण । बिगत लामो समय देखी नेपाली राष्ट्र«ीयताको ओक्षयानमा बस्दै आएको भारतको निमण्त्रणमा मन्त्री महोद्धय लगाएत एउटा जम्बो टोली भारत जाँदैछ  ।

 

bhautik malla

नेपाल र भारत बिच बस्देै आएको एउटा कुलिन संस्कारको जर्गेना गर्ने या त्यसलाई चिरेर अगाडी बढने भन्ने बिषयमा प्रधानमन्त्री ओलीका लागी चुनौतको बिषय बनेको छ । सन् १९५० को सुगौली सन्धिदेखी नेपालका हरेक नयाँ प्रधानमन्त्रीहरुको पहिलो औपचारिक भ्रमण भारतमै हुनु पर्ने भन्ने त्यस्तो बाध्यकारी व्यवस्था नभएपनि । तर, परम्परालाई तोड्न भने कसैले सकिरहेका छैनन । हाम्रानेता गनहरुले कुर्शीमा नपुगुन्जेल चरम राष्ट्र«ीयताका नाराहरु घन्काउने कुर्शिमा पुग्ने बित्तिकै कुकुरले हडी छोडे जस्तै चुटुक्कै छोडने  नेपाली नेता र राजनितिको संस्कार र नेताहरुको लिला पनि बुझिनसक्नुको छ ।

त्यस्तै प्रधानमन्त्री नहुन्जेल मरीहत्ते गर्ने प्रधान मन्त्री भईसकेपछि चुटुक्कै भुल्ने नेताहरुको नियती पनि बुझीनसक्नु छ । प्रधानमन्त्रीहरु सपथ खाने बित्तिकै दिल्ली दौडिन्छन्, मानौं कि सपथग्रहण नेपालमा हुन्छ, यस्को पुरै अनुमोदन दिल्लीमा हुन्छ यो चलन परापुर्वकालदेखी संस्कारका रुपमा बस्दै आएको कुरा ईतिहाँस सुरक्षीत छ । २००७ सालमा तत्कालीन राजा त्रिभुवन राणाशासनविरुद्ध ‘विद्रोह’ गर्दै राजपाठ त्यागेर भारतीय दूतावासमा शरण लिन पुगेका थिए । त्यहाँबाट भारत लगिएका उनी भारतमै जवाहरलाल नेहरुको मध्यस्थतामा सम्पन्न त्रिपक्षीय सम्झौतापछि ६ फागुनमा नेपाल फर्किएका थिए । त्यसको भोलिपल्ट अर्थात फागुन ७ गते उनले नेपालमा राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाभएको घोषणा गरेका थिए । आज ठिक त्यसैका दिन नेपाली कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदै छन ।

देशको महत्वपूर्ण दिनमा प्रधानमन्त्री विदेश भ्रमणमा निस्कनु कति शोभनीय होला शोचनिय बिषय नै हो । फागुन ७ को ठाउँमा अन्य कुनै दिन लगन नजुर्ने त पक्कै थिएन । करीब छ महिनाको कष्टकर नाकाबन्धीको लामो शास फेरेर ओली महोद्धय भारत निश्कदै हुनुहुन्छ । अनौठो कुरा त के छ भने पहिलोपटक हुनुपर्छ, भारतले नेपालको प्रधानमन्त्रीलाई यसरी ब्यबस्थीत र मर्यादीत ढंगले बोलाउन थालेको र आफ्नो देशमा स्वागत गर्न समेत यति व्यग्रता देखाएको भन्छन दालमा कुछ काला हे ।

प्राय नेपालका कम्युनिष्ट देखी गैर कम्युनिष्ट प्रधानमन्त्रीहरुले पुरानो संस्कारको जगेडा गर्दै आईराखेका छन । नि बर्तमान प्रधानमन्त्रीहरु देखी हाल केपी शर्माओली सम्मा त्यो जगेडा सुरक्षीत हुने देखीन्छ । प्राय देशका हित बिपरीतका ठुला ठुला सम्झौताहरु पनि यतिबेलै हुने गरेका छन । त्यसैले पनि नेपाली जनता प्रधानमन्त्रीहरुको भारत भम्रण देखी शसंकित हुने गरेका छन । हुनत भारत भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले कुटनीतिज्ञदेखि बिज्ञ र व्यवसायीसम्मलाई बोलाएर छलफल गरी चलाखी पुर्ण तरीका बाट आफनो बचाउ गर्न भम्रणको बारेमा छलफल गरीरहेका देखीन्छन र मिडियाहरुमा पनि गतिलै जवाफ तर्कन दिईरहेका छन । तर नेपाली जनताले ओलीका आर्दश र तर्कन भन्दा उनको ब्यवहार प्रति ध्यान दिइृरहेका छन । मंगलबार संसदमा पनि भ्रमणका एजेन्डाबारे उनले सुझाव लिने कार्यक्रम तय गरे ।

तर भारतको कुटनितिज्ञ पुर्ण ब्यवहार प्रति उनले आफनो आन्तरीक तयारी र गृहकार्य त खास गरेको देखीदैन ।यसले उनि पनि परनिर्भर नै छन भन्ने कुरा प्रष्टै पार्छ । त्यसैले पनि उनि प्रति नेपाली जनता शसंकित हुनु अस्वभावीक देखीदैन । नेपालका तर्फबाट राष्ट्रिय हितका एजेन्डा तय हुने सम्भावनाहरु क्षीण देखिन्छ ।प्रधानमन्त्री ओली ‘नाकाबन्दी खोलिदिएकोमा साधुबाद टक्रयाउनकै लागी भारत जान लागेका हुन् या चाहीँ नेपालको राष्टीयताको सवालमा महत्वपुर्ण सन्धी र सम्झौता गर्न या पुनअवलोकन गर्न या भम्रणका नाममा औपचारीकता निभाउन यो उनको भम्रणले देखाउने छै। यदी भारतले नाका खोल्दीएकोमा धन्यवाद भन्न मात्र गएका हुन भने त्यो उनको राजनैतीक जिवनमा मात्रै हैन स्वभाबीक जिवनमा पनि त्यति शोभनीय हुने देखीदैन ।

आखीर भ्रमणको नाममा भ्रमणमा उडदैछन भने र नाका खुलाईदिएको मा धन्यवाद छ भन्न जाने हुन भने त्यती कुरा त सामाजिक संजालका फेशबुक र टुईटरका भिताहरुमा लेखिदिएको भए पनि भैहाल्थ्यो यत्रो दलबलका साथ झण्डै एक साता भारतमा बिताउने गरी जानु पर्ने आवश्यकता नै देखीदैन । अझ त झन प्रजातन्त्र दिवसको दिन औपचारिक कार्यक्रमहरु हतार हतार उदघाटन गरेर ओली आफ्नो क्याविनेटका केही मन्त्रीहरुसहितको जम्बो टीमको नेतृत्व गर्दै  उडदैछन भारततिर संविधान निर्माणलाई लिएर भारतले गरेको अघोषित नाकाबन्दीको पृष्ठभूमिमा ओलीको भ्रमणलाई चासोका साथ हेरिएको देखिन्छ । भारतले पनि यो भ्रमणलाई निकै महत्व दिएकोजस्तो देखाउँदै लोभ्याईरहेको छ । ओलीलाई राजकीय सम्मान दिने तयारी समेत गरेको देखिन्छ ।

भारतबाट गरिएको नाकाबन्दी भारत आफैँले खोल्नुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले नाकाबन्दी खुल्नुलाई त्यति महत्वपूर्ण उपलब्धिका रूपमा लिनु त्यती जायज हुने छैन नाकाबन्दी लाग्न नपाउने स्थितिको सुनिश्चितता तत्कालको आवश्यकता हो तर नेपालको भूपरिवेष्ठित अवस्थाका कारणबाट भारतको नाकाबन्दी झेल्नु परिरहेको तथ्य पनि त सत्य हो । यो अवस्थाको अन्त्यका लागि भारतसित पुरानाको खारेजी र नयाँ सन्धिको आवश्यकता त खाँचो छदैछ । सन् १९५० मा भएको सन्धिकै आधारमा चल्ने हो भने पनि सन् १८१६ मा तत्कालीन भारतका शासक इष्टइण्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धि खारेज भएको स्पष्ट भान हुन्छ । यो भ्रमणका लागि ओलीभन्दा भारत बढी आतुर किन देखीन्छ ।एकदमै चासोको बिषय बनेको छ ।

टनकपुर, गण्डक सम्झौता ठूलो राष्ट्रघात थियो पछिल्लो समयका बिप्पा उपल्लो कणार्ली र फस्टट्रयाक जस्ता । यस्ता धेरै असमान सन्धि र संझौताहरुले नै नेपाल भारत सम्बन्धमा दरार पैदा गरेको कुरा प्रस्टै छ । र भारतले यस्तै सम्झौताहरुको जाल नेपाललाई हान्दै आईरहेको छ । प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा जाँदा राष्ट्रको शीर झुक्ने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिन भने पनि भ्रमण अगावै माथिल्लो कर्णाली नेपालको हित विपरीत भारतीय कम्पनी “जिएमआरलाई हस्तान्तरण गरिसकिएको छ ।

ओलीको खोक्रो राष्ट्रवाद हो भन्ने कुराको यो राम्रो उदाहरण बन्न सक्छ । महाकाली सन्धि गरेपछि नेपालको सूर्य पश्चिमबाट उदाउँदैन भन्ने विचार ब्यक्त गरेका केपी शर्मा ओली यतिबेला मुलुकको प्रधानमन्त्री छन् । मुखमा राष्ट्रवाद तर मगजमा राष्ट्रघातको गोल्चक्करबाट गुज्रिरहेको नेपाली राजनीती र कुटनीति निराशाजनक ूस्थीतीमा छ नै । भारतलाई कुनै नजिकको तीर्थजस्तो दर्शन गर्नका लागि लालायित हुनेहरुले देश किन कङ्गाल बन्यो थाहा पाउन सकेका छैनन् । बहुसङ्ख्यक नेपाली नागरिकको चाहना प्रधानमन्त्रीले तत्काल भारत भ्रमण गरुन् भन्ने हैन ,बरु विकल्प खोजुन् भन्ने हो । कतिपय विश्लेषकहरुले नेपाली सेना प्रमुख दिल्ली गएपछि नाका खुल्यो भन्ने जस्ता भ्रमपुर्ण ब्याख्या गरेर अराजनैतिक पात्रलाई अस्वाभाविक श्रेय दिने जमर्को गरीरहेका छन् ।

अर्कोथरि अवसरवादीहरु पनि छन्, उनीहरुले आफूहरुको कुटिल कुटनैटिक पहलकदमीले नाकाबन्दी खुलेको हो भन्ने कुरा लोकबासीलाई प्रष्ट होस् भन्ने ईच्छा प्रकट गर्दै राष्ट्रवादीको रुपधारण गरी बसीरहेका छन ।
तर, साँचो अर्थमा भारतको ७ बुँदे प्रस्तावलाई संसोधन गरेपछि नाकाबन्दी खुलेको कुरा तथ्य हो। संबिधान सभाबाट पारित ती बुँदाहरुले दीर्घकालीन रुपमा नेपालको हित गर्छ वा गर्दैन भन्दा पनि अल्पकालीन रुपमा प्रधानमन्त्री ओलीले भारत भ्रमणको अवसर प्राप्त गरेका छन् ।
उता कोरीयाले संसारको नाकाबन्दीको मार खेप्यो तर उ डगमगाएन बरु उल्टै शक्त प्रदशन गरी देखाई दियो । त्यस्तै क्युबामा अमेरीकाले ६५ बर्ष नाकाबन्दी ग¥यो तर क्युवाली जनता र फिडेल क्यास्टोले अमेरीकी साम्राज्यबादको अगाडी घुँडा टेकेनन । डटेरै क्युवालाई नयाँ उचाईमा पु¥याएर देखाईदिए ।

तर, हामीकहाँ भने ठीक उल्टो हुन गएको छ । अझै बषौँ देखी बेला बेला नाका बन्दीको मसानले तसाँउदै आएको भारतकै भरमा छौँ । बैकल्पीक उपाएको खोजीमा छैनाँैँ । अझै पर निरर्भरताको पराकाष्टमा छौँ । हाम्रा निम्ति नाका खोलिने कुरा प्रधान हुदैँ होईन , आँखा खोलिने कुरा प्रधान हो । चिसोमा छेपाराका कहानी जस्तो नेपाली राजनेताहरुको पाराका कारणले विगतमा जस्तै बारम्बार यो पिडा ब्यहोर्नुपरेको छ ।

नेपाली जनताले बिगतको नाकाबन्दीबाट हामीले पाठ नसिकेकै कारणले अहिले यो स्थीती भोग्नु परेको हो । यसपालिको नाकाबन्दी हाम्रा नेता र हाम्रालागि समेत गतिलो पाठशाला र स्वर्णिम उज्यालो बनेर उपस्थित भयो । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको अवसर मिल्नाका कारण जे भए पनि यसलाई नेपाल र स्वयम् ओलीका निम्ति पनि एउटा चुनौती र अवसरका रूपमा बुझ्न जरुर हुन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भएलगत्तै नेपालमा ‘परम्परागत खोक्रा राष्ट्रवादी स्वरहरू’ गुञ्जायमान हुन थालीरहेका छन् । कैयन विज्ञ, पूर्वपरराष्ट्रमन्त्री र केही पार्टीका बुद्धीजीजी कहलाउने नेताहरूले ‘भारतसँग नझुक्न ‘राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्न’ र ‘स्वाभिमान बाचाई राख्न’ प्रधानमन्त्री ओलीलाई सुझाव दिईरहेका छन । र ओलीले पनि आफूबाट राष्ट्रहितविपरीत कुनै प्रकारका सन्धि–सम्झौता नहुने ‘वचनबद्धता’ सार्वजनिक रूपमै प्रकट गरीरहेका छन् । प्रधानमन्त्रीले के गर्दा राष्ट्रघात हुन्छ र कसरी प्रस्तुत हुँदा स्वाभिमान एवम् राष्ट्रिय हितको रक्षा हुन्छ । भन्नेबारेमा विज्ञहरूले पनि केही बताएका छैनन् । त्यो उनको आफनो बाटो हो ।

तर, नेपालमा केही कम्युनिस्टहरू अन्तर्राष्ट्रवादको गीत गाउँदै राष्ट्रवादी बनेको अनावश्यकको स्वाङ पारीरहेका छन । भारतको विरोधलाई मुखमा नेपाली राष्ट्रवादको आधार बनाउने कम्युनिस्ट मध्य यी पनि एक हुन् ।तर धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्न इन्डियाको साथ–सहयोग खोज्ने र कुर्शीमा पुग्ना भारतकै सिँडी चढने नेपाली कम्युनिस्टहरु भीत्रै पर्छन यिनी पनि त्यसैले हजार जिब्रा भएका शेषनागहरुले त झन सजिलै कम्युनिस्टहरूको वास्तविकताबारे वर्णन गर्न सक्छन ।

यसले गर्दा पनि नेपाली कम्युनिष्टहरुको धज्जी उडीरहेको देखीन्छ । उनीहरू जे हुन् त्यस्ता देखिँदैनन् र जे बोल्छन् त्यो गर्दैनन् । कम्युनिस्टको सिद्धान्त र व्यवहारबीचको अन्तरले धेरै मानिसलाई रनभुल्लमा पारेको छ र पछिल्लो समय भारत जस्तो विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक पनि कम्युनिस्ट इलुजनको प्रभावमा परेजस्तो महसुस गरिँदै छ । प्रधानमन्त्री ओलीलाई नयाँदिल्ली भ्रमण गराउने निर्णयसँगै वीरगञ्ज नाकाको अवरोध हट्नु संयोग मात्र हो । भने पनि यिनै सत्तासीन कम्युनिस्टहरूले यसलाई नियोजित घटनाका रूपमा प्रचार गरीरहेका छन् ।

 

अन्तत जस्ले जे भने पनि यो भ्रमण बिगतको बिडोको जर्गेना गर्ने तिर नै उन्मुख छ । यो भ्रमण बाट नेपाली जनताले केही आस गर्नु पर्ने देखीर्दैन बरु सचेत हुनु पर्ने आवश्यकता देखीन्छ । अझै पहरामा झुण्डीरहेको नेपाली राष्टीयता गुम्ने पो होकी भन्ने चिन्ता गर्नु पर्ने देखीन्छ । मुखमा रामराम बगलीमा छुरा जस्तै नेपाली नेताका चरीत्रका सामु नेपाली जनता न खुशी हुनु पर्ने देखीन्छ नदुखी आखीर कागलाई बेल पाक्यो हर्ष न बिस्मात जनता र राष्ट्र«का लागी यतिबेलाको प्रधानमन्त्रीको भारत भ्रमण पनि बिल्कुल परम्परागत संस्कारको जगेडा हो भन्नेकुरामा दुईमत राख्नु गलत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV