
झापा । झापाको चन्द्रगढीमा बिहीबार धतुरोको सेवनबाट एकै परिवारका तीनजना गम्भीर बिरामी परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चन्द्रगढी–१५ निवासी राधा मुखियाकी १७ वर्षीया छोरी सरस्वती मुखिया, १५ वर्षीया आरती र १५ वर्षीय छोरा अनिल मुखिया रहेका छन् ।
घरमा राखिएको धतुराको दाना नचिनेर बिहान तरकारी पकाउने क्रममा मसलाका रुपमा प्रयोग गरेको र उक्त तरकारी खाएपछि परिवारका तीनैजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक भीमवहादुर दाहालले जानकारी दिनुभयो ।
धतुरो सेवनबाट विरामी भएका तीनैजनाको अहिले मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।