७ फाल्गुन २०७२, शुक्रबार

नयाँदिल्ली – भारतीय राष्ट्रपति प्रणव मुखर्जीले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणका क्रममा खुसी पार्न विशेष सम्मान दिन भारतीय अधिकारीलाई निर्देशन दिएका छन् ।

mukharji

‘ओलीजीलाई सक्दो खुसी पार्नु भन्ने राष्ट्रपतिको निर्देशनअनुसार नै राष्ट्रपति भवनमा उहाँलाई बस्ने व्यवस्था मिलाइएको हो,’ दिल्लीस्थित कूटनीतिक स्रोतले भन्यो । नाकाबन्दीपछिको अवस्थामा ओलीलाई उच्च महत्त्व दिएको देखाएर भारतले मन जित्न खोजेको हुनसक्ने अधिकारीहरुले बताए ।

भारतले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था मिलाएको छ । विगतमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारतले उच्च सम्मान दिँदै राष्ट्रपति भवनमा राखेको थियो, अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV