काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धको ‘भत्किएको जग’ पुनर्निर्माण नै आफ्नो भ्रमणको मुख्य चाहना रहेको बताएका छन् ।
छ दिने दिल्लीयात्रको पूर्वसन्ध्यामा बिहीबार पत्रकारसँग कुरा गर्दे प्रधानमन्त्रीले भने, ‘सम्बन्ध सुमधुर पार्नु र त्यसको भत्किएको जग पुनर्निर्र्माण गर्नु नै मुख्य उद्देश्य हो यो यात्राको ।’ उनले थपे, ‘डोकोभरि केही लिएर अउने चाहना आफ्नो छैन तर मित्रता र सहअस्तित्वको आकांक्षाका साथ हामी जाँदैछौं र त्यस्तै मित्रवत् व्यवहारको अपेक्षा त्यताबाट पनि राख्दछौं ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ४६ सदस्यीय टोलीका साथ शुक्रबार अपराह्न नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा रहेका ओलीले भने, ‘दूरगामी महत्त्वका विषयमा सहमति र सम्झौता गर्न खोजिरहेका छैनौं ।’
ा