७ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं – आन्दोलनरत मधेसी मोर्चाको सहमतिबिनै सरकारले प्रदेशको सीमा विवाद सुल्झाउन भन्दै राजनीतिक संयन्त्र गठन गरेको छ । आफू विवाद सुल्झाउन तत्पर रहेको सन्देश दिनका लागि सरकारले प्रधानमन्त्री भारत भ्रमणमा जाने अघिल्लो दिन यस्तो संयन्त्र बनाएको हो ।

????????????????????????????????????

मन्त्रिपरिषद्को बिहीबार राति बसेको बैठकले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय संयन्त्र गठन गरेको हो । संयन्त्रका सदस्य र कार्यविधि मधेसीलगायत असन्तुष्ट दलहरुसँगको सहमतिमा तय गरिने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनाए । उनका अनुसार संयन्त्रले तीन महिनाभित्र सीमांकन विवाद समाधान गर्न सुझावसहितको प्रतिवेदन तयार पार्नेछ । कान्तिपुर दैनिकमा खबर छ ।

LIVE TV