
काठमाडौं – मुस्ताङी पूर्वराजा जिग्मी परवल बिष्टको सम्पत्ति दुई भागमा बन्डा हुने पुनरावेदन अदालत बागलुङको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । फैसलामा अन्य सम्पत्ति अंशबन्डा भए पनि उनको पुरानो दरबार भने सरकारकै हुने उल्लेख छ ।
पाँच दशकदेखि चलेको उनको सम्पत्तिसम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्चले बिहीबार गरेको निर्णयअनुसार जिग्मे र उनकी भाउजूबीच सम्पत्ति बन्डा हुने भएको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशील कार्की र गोपाल पराजुलीको पूर्वराजाको दरबार पुरातात्विक महत्त्वको भएकाले भागबन्डा नलाग्ने फैसला गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।