७ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं – कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलले अनौपचारिक रुपमा बिहीबार सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

deuba

देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा र पौडेलले अनामनगरस्थित सम्पर्क कार्यालयबाट उम्मेदवारी घोषणा गरेका हुन् । दुवै नेताले औपचारिक घोषणा भने पछि हुने बताए ।

देउवाले उम्मेदवारीसहित आफ्नो अभियान घोषणा गरेको जानकारी पाएपछि पौडेलले पनि पत्रकार भेटघाट आयोजना गरी त्यस्तै जानकारी गराएका थिए । देउवाको कार्यक्रम ५ घन्टापछि आयोजित पत्रकार भेटघाटमा पौडेलले औपचारिक घोषणापछि हुने भन्दै आफ्नो उम्मेदवारीको औचित्यबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।कान्तिपुर दैनिकमा खबर छ ।

उम्मेदवारीका कारणबारे दुवैले दिएका तर्क र धारणा करिब समान छन् । दुवै नेताले सञ्चारकर्मीलाई अनौपचारिक भेटघाट भन्दै बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV