७ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं । ग्रामिण क्षेत्रका स्वास्थ्य र उपस्वास्थ्य चौकीमा औषधिको चरम अभाव भइरहेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको स्टोरमा भने प्रशस्तै औषधि भएको कार्यालयले जनाएको छ ।

aausadi

स्वास्थ्य कार्यालयसँग औषधि भए पनि स्वास्थ् चौकीमा सिटामोल र आइरन चक्कीको समेत अभाव भएपति स्थानीयवासी समस्यामा परेका छन् ।
कार्यालायले ठेक्का प्रक्रियाबाट प्रायः औषधि ल्याए पनि स्वास्थ्य केन्द्र र चौकीलाई उपलब्ध नगराउँदा सर्वसाधारण मारमा परेका छन् । स्वास्थ्य कार्यालयको खेलबाडका कारण ग्रामीण क्षेत्रका सर्वसाधारण समस्यामा परिरहेका छन् ।राजधानी दैनिकमा समाचार छ ।

LIVE TV