
गाईघाट,उदयपुरका चार युवाहरुले घण्टाको १२ देखि १५ डलर धन कमाउने सुनौलो सपना बोकेर क्यानडाका लागि हिँडे । घरबाट झोलाझम्टा कसेर मंसिर १६ गते काकडभिठ्ठा हुँदै सिलुगोडीको बागडोरा एयर पोर्टसम्म पुगे र बागडोरा एयर पोर्टमा हवाई जहाज चढ्दा आफूहरुको क्यानडा यात्रा सफल हुने गफ चुट्दै थिए । तर कलकता अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगेपनि त्यसपछिका उनीहरुको यात्रा कलकतामै रोकियो । उनीहरुलाई एजेन्टले कलकत्तामा अलपत्र पारेर भागेपछि उनीहरुको सपना सिसाभैm चकनापुर भएर फुटयो । उनीहरु घर फर्किनु सिवाय अरु केही उपाय लागेन् ।

फरार रहेका सिन्धुली जिल्ला नेत्रकाली गाविस वडा नं.–६ बस्ने वर्ष ३६ को चतुरलाल गोले हुन् । उनीहरुले नक्कली भिषाको पेपर देखाई चार जनासँग २१ लाख ठगी गरेका थिए ।
क्यानडा जानका लागि लेखबहादुर पाठक क्षेत्रीबाट ७ लाख, पे्रमबहादुर खड्का र रेवत खड्काबाट ६–६ लाखको साथै शिव खड्काबाट २ लाख गरी २१ लाख ठगेका थिए । उनीहरुले चतुरलाल गोलेलाई रकम बुझाएका थिए । तर उनीहरु कलकत्ताको होटल साइ बाबा छोडेर भिषा अध्यागमन गर्नु पर्ने भन्दै मिना खड्का र गोले फरार भएका थिए ।
प्रेमबहादुर खड्काले गत मंसिर १४ गते गाईघाट आइएमई कोड नं. ७४८७८९५३२१ ‘डी’ बाट अतिथि इन्तरप्राइजेज प्रा.लि. इटहरी–१ को आइएमई ब्रान्चबाट ६ लाख रुपैया चतुरलाल गोलेको नाउँमा पठाएको रसिद समेत रहेको छ । उक्त रकम चतुर गोलेले तीन÷तीन लाखको दरले झिकेका थिए भने अरु तीन जनाले झोलामा बोकेर मोरङको पथरीमा रहेको शिवशक्ति होटलमा कल्पना भन्ने मिना खड्कालाई बुझाएको प्रेमबहादुरले बताए ।
यस्तै चतुर गोलेले मंसिर १४ गते मेची नगरपालिका झापाको ठेगानामा इन्द्रबहादुर थापालाई दुई लाख रुपैया पठाएको आइएमई रसिद समेत रहेको छ । उनीहरु कलकत्तामा अलपत्र परेर तीन दिनपछि घर फर्केको प्रेमबहादुर खड्काले बताए । भने मिना खड्कामार्फत इन्द्रबहादुरलाई रकम दिएका थिए । उनीहरुले नक्कली भिषा बनाई कलकत्तामा युएनको मानिस र अनुगमन विभागमा काम छ भन्दै होटलबाट मिना भागेको प्रेमबहादुरले बताए । ठगहरुले बनाएको भिषा भनेको फोटो कपी पेपरमा विना छापको इलेक्ट्रोनिक ट्राभल्स् अथोराइजेसन नं. जे ५००११८८७० को भिषा, भिषा सकिने म्याद सन् २०२० नोभेम्बर २६ तारेख, र पासपोर्ट नं. ०९३१२७१९ उल्लेखित भिषा देखाए रकम ठगेका थिए ।