६ फाल्गुन २०७२, बिहीबार

इलाम, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री भारत जानु अगावै अहिले देखिएको सीमाङ्कनको समस्या हल हुने बताउनुभएको छ ।

Jhalanath-Khanal
स्थानीय हर्कटेमा आज आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता खनालले प्रधानमन्त्री भारत जानुअघि नै निकास निकाल्ने प्रयास भइरहेको छ, मोर्चाको असन्तुष्टि सम्बोधन हुन्छ भन्नुभयो । संविधान कार्यान्वयनका पक्षमा शीर्ष दलका साथै सबै दल एक ठाउँमा उभिनु जरूरी छ भन्दै उहाँले प्रमुख राजनीतिक दलको अडानका कारण मुलुकले लामो समयपछि संविधान पाएकाले अब सबै दल विकासका लागि एकताबद्ध हुन जरूरी रहेको बताउनुभयो ।

सबै दल मिलेर भूकम्पबाट थिलथिलो भएको मुलुकलाई आर्थिक समृद्धिको बाटामा अघि बढाउनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालले जोड दिनुभयो । भवन, विद्युत्, सडक लगायतका पूर्वाधार निर्माण गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ डो¥याउनुपर्ने उहाँको भनाइ छ । रासस

 

LIVE TV