६ फाल्गुन २०७२, बिहीबार

नेपालगन्ज, उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले आर्थिक क्रान्तिका लागि विकासको गतिविधि सञ्चालन गरेर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा आजदेखि सुरु उद्योग व्यापार मेला तथा कोहलपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेयले राजनीतिक क्रान्तिले जनतालाई समान अधिकार दिएको बताउँदै अब आर्थिक समृद्धि जनताको आवश्यकता बन्नुपर्छ, भन्नुभयो ।

mahotsab

“सरकार सहायक र सहयोगी मात्र हो, मुलुकका सबै सामाजिक संस्था र जनताको सहभागिताबाट मात्र हामी आर्थिक विकासको मार्गमा अविच्छिन अघि बढ्न सक्छौँ”– उहाँले भन्नुभयो ।

संविधानले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्दै मन्त्री पाण्डेयले अधिकारको गलत व्याख्या गरेर जनतालाई भ्रममा राख्ने प्रयास धेरै दिन नटिक्ने धारणा राख्नु भयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV