६ फाल्गुन २०७२, बिहीबार

बिराटनगर,रमपम झापा ११ ले विराटनगरमा आजदेखी सुरु विराट गोल्डकप फुटवल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

स्थानीय शहिद रंगशालामा आज भएको उद्घाटन खेलमा पाहुना टिम भारत उडिसाको उडिसा स्टेट फुटबल क्लबलाई २ – १ गोलले हराउँदै झापा ११ क्वार्टरफाईनलमा पुगेको हो ।

Birat-Goldcup

खेलको सुरु भएको १० मिनेटमै उडिसा स्टेटका लागि शशिकान्त सनडिलले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि दोस्रो हाफमा झापाले २ गोल गर्दै जित सुनिश्चित गरेको हो । झापाका लागि खेलको ६१ औ मिनेटमा नरेन्द्रमणि लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको ७३ औ मिनेटमा झापाका कर्ण लिम्बुले गोल गर्दै झापालाई क्वार्टरफाईनलमा पुर्याएका हुन् । आजको खेलमा उडिसाका सिमल मरण्डी म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगितामा भोली आयोजक मोरङ फुटवल क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालका ६ वटासहित भारत र बंगलादेशका गरेर १० वटा टिमले सहभागिता जनाउने छन् । थ्रीस्टार र नेपाल पुलिस क्लबले भने यो पटकको गोल्डकप नखेल्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV