६ फाल्गुन २०७२, बिहीबार

इटहरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले काँग्रेसले १३आँै महाधिवेशनको तिथिमिति तोकिसकेका अवस्थामा पार्टीको सभापति एवम् पूर्वप्रधानमन्त्रीको निधनले धेरै विषयमा रिक्तता सिर्जना गरिदिएको बताउनुभएको छ ।

Minendra-Rijal
डा रिजालले आज इटहरी जेसिजको २८आँै पदस्थापन तथा पुरस्कार समारोहका अवसरमा सञ्चारकर्मीसँगको कुराकानीमा १३आँै महाधिवेशनपछि पार्टीभित्र मौलाउँदै गरेको गुट उपगुटको अन्त्य हुने जिकिर गर्नुभयो ।

डा रिजालले आजभन्दा ६० वर्षअघि विश्वका केही देश नेपाल जस्तै रहेको र उनीहरुले आफँैले कडा मेहनत गरेर देशलाई समृद्ध बनाएको हाम्रै सामु उदाहरण रहेकाले अब हामीले पनि नयाँ संविधानको भावना र मर्मभित्र रहेर देश बनाउने साझा विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कवि मनु मञ्जिलले जेसिजले चलाएको अभियान जस्तै सक्रिय भएर सबै जुट्ने हो भने देशको मुहार फेर्न कुनै समय नलाग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा जेसिज वर्ष २०१५ का अध्यक्ष शिवराज दाहालले सन् २०१६ का अध्यक्ष दीपकराज ढकाललाई एकवर्षीय कार्यकालका लागि अध्यक्षताको पद हस्तान्तरण गर्नुभएको थियो । रासस

 

LIVE TV