६ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) को केन्द्रीय प्रचार विभाग प्रमुखमा पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठलाई पुनः जिम्मेवारी दिइएको छ ।
पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले श्रेष्ठलाई सो जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
shrestha
पार्टीको संस्थापनकाल देखि नै राजनीतिमा सक्रिय रहनुभएका श्रेष्ठले यसअघि विसं २०६५ देखि २०७० सम्म सो जिम्मेवारी पूरा गर्नुभएको थियो ।

त्यसैगरी पार्टीले हिन्दू जागरणका लागि पाँच विकास क्षेत्रमा यही फागुन दोस्रो सातादेखि वृहद् सभा गर्ने निर्णय गरेको छ ।

आउँदो चैत १३, २० र २७ गते क्रमशः वीरगन्ज, दाङ र वुटवलमा सभा गर्ने त्यसलाई पार्टीका अध्यक्षलगायत शीर्ष नेताले सम्बोधन गर्ने निर्णय भएको सोही पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV