
काठमाडौँ,शनिबारदेखि मुज्जफर ढल्केबर प्रसारण लाइन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले त्यसको संयुक्त उद्घाटन गर्ने छन्।भारतले शनिबारदेखि मुज्जफर ढल्केबर प्रसारण लाइनबाट ८० मेगावाट विद्युत नेपाललाई दिने भएको छ। शनिबार
‘दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा बिजुलीको स्विच अन गरेर उद्घाटन गरेपछि नेपालमा बिजुली आउने छ’ उर्जा मन्त्रालयका सचिव सुमन शर्माले भने।
अहिले सो प्रसारण लाइनमा १५ मेगावाट विद्युत परीक्षणको रुपमा आइरहेको छ। भारतबाट ८० मेगावाट विद्युत आयात भए दुई घन्टा लोडसेडिङ घट्ने सरकारले बताएको छ।