६ फाल्गुन २०७२, बिहीबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राज्य व्यवस्थाको नयाँ विधि एवं प्रक्रिया नेपाल र नेपाली र हित एवं अग्रगतिका लागि साधक सिद्ध हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

विगतको परम्परालाई निरन्तरता दिँदै प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै पूर्वराजाले यस्तो असन्तुष्टि प्रकट गरेका हुन् । ‘राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशीलताका लागि मैले आफू पन्छिएर पनि मार्य प्रशस्त गरिदिएको हुँ,’ ज्ञानेन्द्रले बैंककबाट जारी गरेको वक्तव्यमा भनेका छन्,’तर राष्ट्रको सर्वोत्तम समुन्नतिको आकांक्षाबाट म पृथक छैन ।’

gynendra

विगतका सार्वजनिक अभिव्यक्तिहरुमा जस्तै पूर्वराजाले मुलुकको अवस्थाप्रति असन्तुष्टि प्रकट गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी पूर्वराजाको वक्तव्यमा भनिएको छ, ‘दुर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवं प्रक्रिया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागि दुखद कुरा हो ।’

‘राज्य व्यवस्थाको नयाँ विधि’ भनेर पूर्वराजाले नयाँ संविधानतिर लक्षित गर्न खोजेको देखिएको छ ।

पूर्वराजाको विज्ञप्तिमा अगाडि भनिएको छ(‘अहिले देशमा गतिहीनता, संवेदनहीनता, अनेकतामा विग्रहको अवस्था देखिएको छ । भविश्यको सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको मैले महसुस गरेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV