
काठमाडौँ,सञ्चार मन्त्रालयले सूचना तथा सञ्चार सम्वन्धि उच्च स्तरिय समितिलाई पूर्णता दिएको छ । दिनानुदिन वढदै गरको सूचना प्रविधीसँगै नयाँ सञ्चार नीति र कानून निर्माण गर्न समिति वनाइएको हो ।
समितिले पूर्णता पाएसंगै सञ्चार मन्त्री शेरधन राईले उच्च स्तरिय समितिलाई तोकिएकै समयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो । गत माग २० गते सरकारले मन्त्री स्तरिय निर्णय गरी सञ्चार क्षेत्रलाई कसरी परिवर्तन गर्न सकिन्छ भनि सुझाव दिन उच्च स्तरिय समिति निर्माण गरेको थियो । साथै मन्त्री राईले सुचना र सञ्चारका माध्यमवाट सवैको पहुँच पुग्नेगरी समितिले काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उच्च स्तरिय समिति काशीराज दहालको नेतृत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, प्रस युनियनका अध्यक्ष वोर्णवहादुर कार्की, सञ्चारविद् कुन्दन आर्याल, पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा लगायतका सदस्य रहनुभएको छ । समितिलाई तीन महिना भित्रमा आफ्नो प्रतिवेदन सरकार समक्ष पेश गर्न समय दिइएको छ ।
सूचना तथा सञ्चार सम्वन्धि उच्च स्तरिय समितिले पूर्णता पायो