६ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ,मित्रताको जग बसाल्न आफु भारत जान लागेको प्रधानमन्त्री ओलीको भनाई, एजेण्डारहित भारत भ्रमणमा सम्वन्ध सुधार पहिलो प्राथमिकता ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको जग बसाल्न आफु भारत जान लागेको बताउनुभएको छ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भारत भ्रमणको खासै एजेण्डा नभएको पनि बताउनुभयो ।

kpoli

प्रधानमन्त्री ओलीले भारत भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सम्वन्ध सुधारलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । अहिलेको भ्रमणमा कुनै दूरगामी प्रभाव पर्ने खालका सम्झौता नहुने उहाँले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सवै क्षेत्रका विज्ञहरुसँग सुझाव लिएर भारत भ्रमणमा जान लागेको बताउनुभयो । आफु सँधै राष्ट्रियता र राष्ट्र हितका लागि दृढ रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान अनुसार निर्वाचित प्रधानमन्त्रीलाई भारतले राजकीय भ्रमणमा वोलाउन लागेकाले भारतले नेपालको संविधानलाई स्वीकार गरेको प्रष्ट भएको जीकिर पनि गर्नुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले शुक्रबारदेखि १२ गतेसम्म भारतको भ्रमण गर्न लाग्नुभएको हो । उहाँ प्रजातन्त्र दिवसको कार्यक्रम सकेर नयाँ दिल्ली जानुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV