६ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि बुधबार भएको मतदानको गणना शुक्रबार हुने भएको छ ।

aakhil

अध्यक्ष मण्डलले शुक्रबारदेखि मतगणनाको तयारी गरेको युनियनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । सत्र पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि भएको निर्वाचनको मतगणना नेपाल प्रज्ञा–प्रतिष्ठानमा गरिने बताइएको छ ।

देशभरका एक हजार ५९७ प्रतिनिधिले मतदान गरेका थिए । गत बिहीबारदेखि जारी सम्मेलनको समय लम्बिँदा मतदान ढिला भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV