६ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले घरेलु तथा साना उद्योग मुलुकको अर्थतन्त्रको अभिन्न अङ्ग भएको बताउनुभएको छ ।

भृकुटीमण्डपमा यही फागुन ४ गतेदेखि ९ गतेसम्म जारी औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको अवलोकन भ्रमण गर्दै उहाँले यस्ता उद्योगलाई देशभर प्रवद्र्धन गरी आर्थिक उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रले आयआर्जनको राम्रो माध्यम भई जनताको समृद्धिमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

madhav-kumar-nepal

उहाँले मुलुकमा रोजगारीका अवसर सिर्जना हुन नसक्दा ठूलो युवा जनशक्ति विदेशिन बाध्य भएको अहिलेको अवस्थामा सीपमुलक तथा घरेलु उद्यमशीलतालाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।

नेता नेपालले आफूले स्वदेशी जुत्ता, टोपीलगायत सामग्री उपयोग गर्ने गरेको बताउँदै स्वदेशी उत्पादनलाई नेपालीले नै माया गरी त्यसको उपयोग बढाउन सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता अमृत बोहरा, राधाकृष्ण मैनाली

नेपाली काँग्रेसका युवा नेता तथा राजनीतिक विश्लेषक राजेन्द्र पाठकलगायतले यस किसिमको उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउनुपर्ने बताउँदै त्यसले आम उद्यमीलाई लाभ पुग्ने र नागरिकमा स्वदेशी उत्पादनप्रति सकारात्मक दृष्टिकोण बन्ने बताउनुभयो ।

उक्त प्रदर्शनीमा विभिन्न उत्पादनका ३०० बिक्री कक्ष छन । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV