६ फाल्गुन २०७२, बिहीबार

लमजुङ,पर्यटकीय नगरी पोखरमा मात्रै सीमित रहेको साहसिक खेल प्याराग्लाइडिङ पछिल्लो समय लमजुङका विभिन्न स्थानमा समेत हुँदै आएका छन् । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि संभावना भएका अग्ला स्थानबाट प्याराग्लाइडिङ शुरु गरिएको हो ।

paragliding3

प्रसस्तै सहासिक पर्यटकीय संभावना बोकेको जिल्ला लमजुङमा फाट्टफुट्ट रुपमा मात्र साहसिक खेल प्याराग्लाइडिङ शुरु भएको छ । संभावना भएका ठाउँबाट पर्यटन ब्यवसायीहरुले पछिल्लो समय जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले प्याराग्लाइडिङ शुरु गरेका हुन् ।

paragliding1

हाल जिल्लाको पर्यटकीय गाउँ राइनसकोटमा साहसिक खेल प्याराग्लाइडिङको शुभारम्भ गरिएको छ । स्थानीय युवाहरुको सक्रियतामा गाउँको प्रचारप्रसार गर्ने उदेश्यले प्याराग्लाइडिङ शुरु गरिएको सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।

paragladying_

प्याराग्लाईडिङबाट जिल्लाको सुन्दर उपत्यकाका साथै उत्तरतर्फ रहेका हिमालहरुको समेत अवलोकन गर्न सकिन्छ । प्याराग्लाईडिङमा लमजुङ पोखरा जत्तिकै सफल हुन सक्ने पाइलटहरु बताउँछन् । प्याराग्लाईडिङ सञ्चालनमा आएमा जिल्लाको पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्लाका पर्यटन ब्यवसायीहरु बताउँछन् । उनिहरुले पोखरा र पूर्वका केही जिल्लाहरुमा सफल रुपमा सञ्चालन भएको प्याराग्लाईडिङ लमजुङमा पनि शुरु गरिनु गौरवको कुरा भएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि पनि लमजुङ उद्योग बाणिज्य संघले जिल्लाको पर्यटनमा सहयोग पु¥याउन सदरमुकाम नजिकै रहेको पुमा भिरबाट एक सातासम्म प्याराग्लाइडिङ संचालनमा ल्याएको थियो ।

लमजुङ अन्नपुर्ण पदमार्गको प्रवेशद्धार भएको र यहाँ प्याराग्लाईडिङलाई नियमित गर्न सकेमा पदमार्गमा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई अझ केही दिन जिल्लामा बस्ने विकल्प थपिने लमजुङ उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश थापाले बताउँनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV