६ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ,अपराध महाशाखा काठमाडौले भूमिगत पेट्रोल पम्प सञ्चालन गरेको अभियोगमा किर्तीपुर ट्याङलाफाटवाट दिपेश महर्जनलाई पक्राउ गरेको छ । घरैमा पम्प सञ्चालन गरेका उनलाई प्रहरीले इन्धनसहित नियन्त्रणमा लिएको हो । रोल

नाकावन्दीपछि अभाव रहेको इन्धन मौजाद गरी बढी मूल्यमा विक्रीवितरण गर्ने उद्देश्यले अभियुक्त महर्जनले १६ हजार क्षमताका पम्प घरैमा स्थापना गरेको पाइएको हो । आयल निगमको अनुमति तथा मापदण्ड विपरित उनले आर जे सप्लायर्सको नाममा भूमिगत रुपमा पम्प सञ्चालन गर्दै आएको काठमाडौ प्रहरी प्रवक्ता डिएसपी सहकुल थापाले जानकारी दिनुभयो ।

अभियुक्त महर्जनले पम्पमा झै नोजल फिट गरी सर्वसाधारणलाई प्रतिलिटर पाँच सय रुपैयामा इन्धन विक्री गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथवाट ११ सय लिटर पेट्रोलसमेत वरामद गरेको छ । अभियुक्तको सम्वन्धमा कालोवजारी ऐन अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV