६ फाल्गुन २०७२, बिहीबार

बलिउड नायिका प्रियंका चोपडाले क्वान्टिको पछि ‘वेवाच’मा पनि अभिनय गर्ने भएकी छिन् । बलिउड फिल्मकी नयिका प्रियंकाले हलिउड फिल्ममा पदार्पण गर्दै छिन् । यो कुरालाई ‘वेवाच’ फिल्मका सह अभिनेता डबेन जोनसनले खुलासा गरेका हुन् । ‘वेवाच’ फिल्ममा प्रियंकाले १९९०को दशकको अउ टीवी धाराबाहिकमा आधारीत फिल्म ‘वेवाच’ मा खलनायिकाको रुपमा विक्टोरीयाको लीड भुमिकामा अभिनय गर्नेछिन् । जोनसनले ईन्स्टाग्राममा अपलोड गरेका भिडियोमा प्रियंकाले यस फिल्ममा सामेल भएकोमा स्वागत गरेका छन् ।
11111
अभिनेताले भिडियोका साथमा लेखेका छन् की “अत्याधिक खतारनाक र प्रतिभाशाली भएकी प्रियंका ‘वेवाच’ का लागि सहि छिन् । उनि हाम्रो टिममा सामेल भएकोमा उनलाई स्वागत छ ।” जोनसनकानुसार फिल्म ‘वेवाच’को यसै साताबाट शुटिङ सुरु हुने भएको छ । नायिका प्रियंका चोपडाले पनि आफ्ना ईन्स्टाग्रामको पेजमा एक भिडियो सार्वजनिक गरेकी छिन् । ‘वेवाच’ फिल्ममा प्रियंका चोपडाको साथै केली रोहरबाच, अलेक्जेण्ड्रा डडारीयो,आईलफेश हडेरा लगाएतले अभिनय गर्ने भएका छन् । ‘वेवाच’ फिल्म प्रियंकाको दोस्रो हलिउड फिल्म हो । यो भन्दा पहिले उनले क्वान्टिकोमा अभिनय गरेकी थिईन् । क्वान्टिकोले प्रियंकालाई अवार्ड समेत दिलाएको थियो ।
priyanka

rock n priyanka

प्रतिक्रिया दिनुहोस्

LIVE TV