६ फाल्गुन २०७२, बिहीबार

काठमाडौ  ।  काठमाडौबाट सिन्धुपाल्चोकको कात्तिके जादै गरेको यात्रुबस हिजो बेलुकी दुर्घटना हुदाँ बसमा सवार दुइ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

bus accidetn

 

अरनिको यातयातको बा २ ख ६३८७ नम्बरको बस बेलुकी साढे सात बजे बराम्ची गाउँ विकास समिति –२ गुह्ये खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा गुम्बा गाविस–६ बोल्देकी ५५ बर्षीया माइली तामाङ र बराम्ची –६ का दावा स्याङबोको मृत्यु भएको छ ।

कच्ची सडकमा बस बिग्रिएपछि चालक र सहचालकले बनाउने प्रयास गर्दै गर्दा सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

चालक बिनाको बस नियन्त्रण हुन नसक्दा दुघंटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ । घाइतेहरुलाई स्थानीयले मोटरसाइकलामा राखेर स्वास्थ्य संस्था पु¥याएका थिए । घाइतेहरु मध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV