६ फाल्गुन २०७२, बिहीबार

पाल्पा, फागुन । पाल्पाको तानसेनमा सुविधा सम्पन्न वृद्धाश्रम निर्माण हुने भएको छ । असहाय, गरिब, ज्येष्ठ नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले वृद्ध सहारा आश्रम बनाउन लागिएको हो ।

 

birda

आश्रम निर्माणका लािग पाल्पा रिङ्नेरहका नरेशचन्द्र ढकालले वनको नाममा छ रोपनी जग्गा सोधभर्ना दिएर तानसेनको मिसन अस्पतालनजिकै भवन बनाउन लागिएको हो ।

बाह्र वर्षअघिदेखि वृद्धाश्रम बनाउन जग्गाको खोजी गरेको समितिले हालै वनले जग्गा उपलब्ध गराएपछि वृद्धाश्रम बनाउन सुरु भएको छ ।

सुविधा सम्पन्न १४ कोठासहित भजन कक्ष, मनोरञ्जन कक्ष रहने यस भवन एक वर्षभित्र सम्पन्न गरिने समितिले जनाएको छ । रु दुई करोडको लागतमा भवन निर्माण गर्न लागिएको सल्लाहकार विश्वमान बज्राचार्यले बताउनुभयो ।

यसैगरी राजकुमार कक्षपति र बरुण रेग्मीले एक÷एक कोठा बनाउन लाग्ने खर्च व्यहोर्ने बताउनुभयो । तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले निर्माण गर्न लागिएको भवन शिलान्यास गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV