६ फाल्गुन २०७२, बिहीबार

कञ्चनपुर, । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको सयपत्री ग्रामीण विद्युतीकरण सहकारी संस्थाले लामो समयदेखि विद्युत्को महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काटन सुरु गरेको छ ।

 

bidhit

पाँच महिनाभन्दा बढी समयदेखि विद्युत्को महसुल नबुझाउने उपभोक्ताको सहकारीले लाइन काट्न सुरु गरेको हो ।पाँच महिना बढी समयदेखि विद्युत्को महसुल नतिर्ने १७ जना उपभोक्ताको दुई दिनको अवधिमै लाइन काटेको सहकारीका कार्यालय व्यवस्थापक आशिष चौधरीले बताउनुभयो ।

“अन्य महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गर्दैछौँ”– उहाँले भन्नुभयो । पुनः लाइन जडानका लागि बक्यौतासहित उपभोक्ताले महसुलसँगै रु ५०० जरिवाना बुझाउनुपर्ने नियम बनाएको छ । बक्यौताबापत सहकारीले कुल महसुलको २५ प्रतिशत रकम लिँदै आएको छ ।

सहकारीमार्फत विद्युत् उपभोग गर्दै आएका ३१२ उपभोक्ता रहेका छन् । सहकारीले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् खरिद गरी उपभोक्तालाई आपूर्ति गर्दै आएको छ ।

कञ्चनपुरमा विद्युत् आपूर्ति गर्ने सहकारीको सङ्ख्या २२ रहेको छ । सहकारीका लागि विद्युत् आपूर्ति गर्नका लागि डेनमार्क सरकारको सहयोग नियोग डानिडाले पूर्वाधार निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV