६ फाल्गुन २०७२, बिहीबार

काठमाडौं । भारतीय प्रधानमन्त्र निरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाल भारतबीच हुने टेलिफाने शुल्क घटाउने घोषणा गरेको डेढ वर्षमा समेत कार्यान्वयन हुन सकेको छैन ।

 

 

teliphon

नेपाल भ्रमणका क्रममा मोदीले भारतबाट नेपालमा फोन गर्दा लाग्ने महसुल ३५ प्रतिशतले घटाउने घोषणा गरेका थिए ।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।
तर, त्यसको डेढ वर्षपछि नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमण गर्न लाग्दा समेत उपभोक्ताले त्यो सुविधा उपयोग गर्न पाएका छैनन् ।
नेपाल फोन गर्दा निकै महँगो पर्दा आफूहरु पीडित बनेको भारतमा रहेका नेपालीहरुको गुनासो छ । आफन्तलार्क्ष् नेपालमा फोन गर्नुपर्‍यो भने मिसकल गरी उताबाट आउने फोन कुर्नुपर्ने अवस्था छ, मुम्बईमा काम गरिरहेका नरेन्द्र वलीले बताए ।
नेपालमा फोन गर्दा लाग्ने शुल्क घटाइदिन नेपाली समुदायले विगत लामो सयमदेखि माग गरिरहेको भए पनि त्यसको सुनुवाई नभएको वलीको भनाई छ ।भारतबाट नेपाल फोन गर्दा प्रतिमिनेट १२ भारु लाग्ने गरेको छ ।

LIVE TV