६ फाल्गुन २०७२, बिहीबार

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा गएर राष्ट्रहित विपरीत कार्य नगर्न सुझाव दिएको छ ।

 

 

Kp-oli-At-Ca
प्रधानमन्त्री ओलीले पनि राष्ट्रहित विपरीत कुनै काम गरेको प्रमाणित भएमा आफू दण्डित हुन तयार रहेको जवाफ नेताहरुलाई दिएका छन् ।
विनाशकारी भूकम्पले पुर्‍याएको क्षति र संविधान घोषाणापछि भारतले लगाएको पाँच महिना लामो नाकाबन्दीले अस्तव्यस्त बनाउँदासमेत जनताले राष्ट्रवादी छविका कारण सरकारविरुद्ध आवाज नउठाएको स्मरण गर्न पनि नेताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।
जनताको धैर्य र संयमलाई ध्यान दिएर भारतसंग कुटनीतिक रुपमा छलफल गर्न र राष्ट्रिय हितलाई केन्ऽमा राख्न पनि उनीहरुले ओलीलाई सम्झाए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा भएको बैठकमा सहभागी प्रधानमन्त्री ओलीले भने, ‘यो भ्रमण दुई देशको सद्भाव कायम गर्दै मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रियताका लागि कोसेढुंगा बनाउनेछु ।’

LIVE TV