६ फाल्गुन २०७२, बिहीबार

काठमाडाैं । धार्मिक पुस्तकको आवरणमा चरेस राखेर तस्करीमा संलग्न देखिएका सन्तबहादुर तमाङ ५ महिनापछि पक्राउ परेका छन् ।

chares

 

नेपाली कागजले बनेको धार्मिक पूस्तकको गातामा चरेस प्याक गरी कुरियरको सहयोगमा हवाइमार्गमार्फत दिल्ली पठाउन लागेको पाँच किलो चरेस प्रहरीले भदौमा फेला पारेको थियो ।
अनुसन्धानमा सो सामान तामाङले आइएसई कुरियर गौशालामार्फत दिल्ली पठाउन लागेको खेले पनि उनी पक्राउ परेका थिएनन् । लागुऔषध नियन्त्रण व्युरोले उनलाई अनामनगरमा पक्रेको हो ।
ब्युरोका एसएसपी गणेश केसीका अनुसार भदौमा त्रिभुवन विमानस्थलको प्रस्थान कक्षमा आइएसई कुरियर गौशालाले काठमाडौंबाट जेट एयरमार्फत दिल्ली पठाउन तीन कार्टुन सामान लगेको थियो ।
जसको अध्ययन अनुसन्धान गर्दा धार्मिक पुस्तकको गातामा चरेस फेला परेको थियो  अन्नपूर्णमा समाचार छ ।

LIVE TV