६ फाल्गुन २०७२, बिहीबार

काठमाडौं । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९।७७ पैसा तोकेको छ ।

 

varu2
अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९।४८ रुपैयाँ पुगेको  कारोबार दैनिकमा समाचार छ ।
बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाणिज्य बैंकहरुले विदेशी मुद्रा कारोबार गर्ने दर आफैँ तोक्न सक्ने व्यवस्था छ ।
नेपाली रुपैयाँ डलरसँग कमजोर भएको कारण नेपाली अर्थतन्त्र भने होइन । भारतीय रुपैयाँसँग नेपाली रुपैयाको स्थिर विनिमयदर रहेकाले भारुकै आधारमा डलरको भाउ तोक्ने गरिन्छ ।
यही कारण भारु कमजोर हुँदा डलरसँग नेपाली रुपैयाँ पनि कमजोर हुने र भारु बलियो हँदा नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV