
पछिल्लो समय पशुपन्छीमा एन्टिबायोटिकलेको प्रयोग बढिरहेको छ । पशुपंछीमा प्रयोग हुने एन्टिवबायोटिकले मानव स्वास्थ्यमा गंभीर असर पारिरहेको छ । पशुपंछीको मासु खाँदा शरिरमा प्रवेश गर्ने एन्टिवायोटिकले मानव स्वास्थ्यमा रहेको ब्याक्टेरिया बलियो हुदै गएकोप्रति सरोकारवाला चिन्तित भएका छन् । आवश्यकताभन्दा बढि एन्टिबायोटिकको सेवनले ब्याक्टेरियाले एन्टिबायोटिकलाई जितिरहेको अवस्था छ ।
एन्टिबायोटिक औषधिका बारेमा बिरामी नै सचेत नहुँदा, चिकित्सकले पनि आबश्यकता बिना बिरामीलाई एन्टिबायोटिक लेख्दिने गर्दा र पशुपंछी व्यापारीले आफ्ना लाभका लागि पशुपंछिमा एन्टिबायोटिकको बढि प्रयोग गरिदिदा दिनप्रतिदिन एन्टिबायोटिकको प्रयोग बढिरहेको छ । अनावश्यक एन्टिबायोटिकको प्रयोगले एन्टिबायोटिकले काम गर्न छोडिरहेको भन्दै बैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालमा एन्टिबायोटिकको प्रयोग उच्च रहेको तथ्यांकले देखाएको छ । कुन एन्टिबायोटिक नेपालको लागि ठिक छ भनेर निरीक्षण गर्न आबश्यक देखिएको चिकित्सकहरुले औल्याएका छन् ।
अस्पतालमा चिकित्सकहरुले लेख्ने प्रेस्किप्सनमा ५० प्रतिशत एन्टीबायोटिक्स लेख्ने गरेको खुल्न आएको छ । एन्टिबायोटिक औषधिको कोर्स पुराएर सेवन गर्नु अनिवार्य हुन्छ । बिरामीहरुले आफुलाई निको भएको महसुस गरेपछि बीचमै एन्टिबायोटिक खान छोड्ने बानिले पनि एन्टिबायोटिकको प्रतिरोधी क्षमता विकास हुँदै गएको हो ।
एन्टिबायोटिक औषधिको डोज पूरा नगरे स्वास्थ्यमा पर्ने असरबारे चिकित्सकहरुले पनि राम्रोसँग बुझाउन नसक्दा लापरबाही बढ्दै गएको पाइएको छ । दक्षिण एसियाली राष्ट्रमा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग भैरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठन दक्षिण एसियाका अनुसार स्वास्थ्य जाँच नगरीकन एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति नरोकिए सन् २०५० सम्ममा यो औषधिको प्रयोगका कारण विश्वमा ज्यान गुमाउनेको संख्या एक करोड पुग्ने अनुमान गरिएको छ । चिकित्सकका अनुसार एक पटक डोज पूरा नगरे एन्टिबायोटिकले अर्को पल्ट काम गर्दैन ।
एन्टिबायोटिकले निमोनिया, टिबी, गनोरिया र रक्त समस्या भएका विरामीलाई निको पार्न समस्या भएको चिकित्सकहरुले बताएका छन् । डाक्टरले एन्टिबायोटिकको बारेमा जानकारी राख्न, आफूले प्रयोग गरेको औषधि अरुलाई प्रयोग गर्न नदिन र हात राम्रोसँग धोएर औषधि खान र खुवाउन सल्लाह दिएका छन् ।