५ फाल्गुन २०७२, बुधबार

भक्तपुर, सामान्य प्रशासन मन्त्री रेखा शर्माले देशलाई भ्रष्टाचार मुक्त बनाउन सके मात्रै जनताले परिवर्तनको अनुभूति गर्न सक्ने बताउनुभएको छ ।

rekha
भक्तपुरको बोडेमा आज नेपाल बैंक राष्ट्रिय कर्मचारी सङ्गठनको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आन्दोलनपछि प्राप्त उपलब्धिलाई संस्थागत गरेर जनतालाई परिवर्तनको अनुभूति दिनुपर्ने बताउनुभयो ।

नेपाल बैंक पुरानो बैंक भएकाले जनतासँग अन्तरसम्बन्ध राखेर बैंकभित्रका विसङ्गतिलाई हटाउँदै लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV