
दोलखा- उपचार अभावमा १५ महिनादेखी फलामे खोरमा थुनिएका एक युवकको उद्धार भएको छ । जुँगु गाविस–४ का युवक फलामे खोरमा भन्ने समाचार प्रकाशन भएसँगै उनको उद्धार भएको हो । उनलाई कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन नेपाल खुमलहाइट ललितपुरले उपचारका लागि जिम्मा लिएको छ ।
मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल १५ महिनादेखि फलामे खोरभित्र बाँचिरहेका थिए । उनले दिसापिसाब खोरमा नै गर्ने गरेका गरेका र उनको पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर भएकै कारण उपचार गर्न र परिवारले मासिक रु एक हजार २०० तिर्न नसक्दा उनलाई फलामे खोर बनाएर खोरमा थुनेर राखेको थियो ।
आफ्ना दाइ खोरभित्र थुनेर राख्न बाध्ये बनेको र अहिले मिडियामा आएपछि धेरै व्यक्ति, सङ्घसंस्थाले उपचारमा चासो देखाएकोप्रति भाइ छत्रबहादुरले खुसी व्यक्त गरेका छन् । रासस