नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई लिएर भारतका मुलधारका सञ्चार माध्यमहरुले खासै स्थान दिएको पाईदैन् । तर पनि भारत सरकारले भने नेपालका प्रधानमन्त्रीको भ्रमणलाई महत्वपूर्ण भनेको अवस्था छ ।
छिमेकीप्रति कडा नीति अख्तियार गर्दै आएको आरोप खेप्दै आएको भारतले नेपाल नीतिमा पुनरावलोकन चाहेको कुरापनि वाहिर नआएको होईन । आखिर कसरी लिँदैछ त भारतले ओलीको भ्रमणलाई ?
दक्षिण एसियाको राजनीतिमा भारतले पाकिस्तान वाहेक अन्य मलुकको सन्दर्भमा अन्तर्राष्ट्रिय मान्यता र पद्धति विपरित व्यवहार गर्दै आएको छ । पाकिस्तानसंगका असद्यदारीका सन्दर्भमा भने भारतले अन्तर्राष्ट्रिय मान्यता, पद्धति र कानुनको खुवै सवाल उठाउँने गर्दछ् ।
दक्षिण एसियाका साना तर दरिलो अन्तर्राष्ट्रिय प्रतिष्ठा चाहने मुलुकहरुलाई भारतको हेपाहा, एकपक्षीय र हस्तक्षेपकारी नीति कहिल्यै सह्रय भएन । मुख्य गरी नेपाल, बङ्गलादेश र श्रीलङ्कामा त जनस्तरमै भारतीय हेपाहा नीतिको तीव्र असन्तुष्टि नै छ । भारतको नेपाल नीति पछिल्लो ७० बर्षमा निकै असफल भएकोवारे भारतभित्रै चर्चा हुन थालेको छ । झनै पछिल्लो १५ यताको भारतीय नेपाल नीति त नेपालीलाई चिढ्याउने वाहेक अरु केही नभएको यर्थाथ सवैतिर छ ।
सवैतिरवाट असन्तुष्ट बढेपछि भारतको नरेन्द्र मोदी सरकारले छिमेकी नीतिमा सकारात्मक बदलाव गर्ने बताएपनि अहिलेसम्म त्यसको संकेत अनुभव गरिएको छैन् । भारतले छिमेकी मुलुकका सामान्य चाहना र आग्रहलाई पनि संवेदनशीलरुपमा सम्वोधन गर्न कञ्जुँस्यायी गर्न नहुने विज्ञहरुको सुझाव छ ।
पाँच महिने भारतीय नाकाबन्दीका कारण नेपालमा तीव्र असन्तुष्टि चुलिएपछि र भारतमै पनि सवैको निशानामा पर्न थालेपछि मोदी सरकारले अघोषितरुपमै नाकाबन्दी फिर्ता लियो । त्यस लगत्तै तयारी थालिएको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई भारतको सरकारी तथा कर्मचारीतन्त्र दुवैस्तरवाट नै उच्च महत्व दिईएको बताईएको छ ।
पाँच महिने नाकाबन्दीले नेपालीको स्वाभिमानलाई थप मजवुत बनाएको अनुभव गरेको भारतले नरम नीति तथा सहयोगहरुवाट नै नेपाललाई आफ्नो उपपस्थिति बढाउने रणनीतिमा लागेको एक भारतीय विज्ञले भारतको एक चर्चित अखवारमा लेखेका छन् । त्यस कारणले पनि ओलीको भ्रमणमा भारतीय पक्षवाट थुप्रै किसिमका सहयोगहरुको घोषणाहरु हुन सक्ने बतार्ईएको छ । हिन्दु बहुल भारतमा नेपालप्रति भारतको देखिने रुखो नीतिले भारतमै सरकारप्रति खराव जनमत तयार गर्नेतर्फ मोदी सरकार सचेत रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यसमाथि भारतीय कांग्रेससहितका दर्जनौ पार्टीहरुले मोदीको नेपाल नीतिलाई लिएर कडा विरोध गरेपछि मोदी सरकार नेपाल नीतिको बदलावमा लागेको बुझ्न कठिन छैन् ।
नेपालका प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयमा राख्ने र महत्वपूर्ण सहयोगका कार्यक्रमहरु घोषणा हुने स्थितिले पनि भारतले प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च महत्व दिएको प्रष्ट हुन्छ । जे होस् नेपालका सरकार प्रमुखहरुको भारत भ्रमणवाट सशंकित हुँदै आएका नेपालीले ओलीको आशन्न भ्रमणलाई अहिलेदेखि नै तीखा नजरले नियालिरहेका छन् ।