५ फाल्गुन २०७२, बुधबार

चीनले विवादास्पद दक्षिण चिनिया समुद्रको एक भागमा सतहवाट आकाशमा मार हान्न सक्ने आधुनिक शक्तिाशाली मिसाईल तैनाथ गरेको अमेरिका र ताईवानले दावी गरेका छन् । तर चीनले भने स्वभाविकै कदम भनेको छ ।

अमेरिकी तथा ताईवानी अधिकारीहरुले सञ्चार माध्यामहरुलाई जानकारी दिए अनुसार दक्षिण चिनिया समुँद्रको वुडी टापुुमा चीनले आधुनिक मिसाईल तैनाथ गरेको हो । उक्त क्षेत्र चीनको कव्जामा रहेको भएपनि ताईवान तथा भियतनामले समेत दावी गर्दै आएको छन् ।

china-e1444295882303

अमेरिकी अधिकारीहरुले चीनले मिसाईलका साथै आधुनिक राडार पनि तैनाथ गरेको बताएका छन् । विवादास्पद मुद्याको शान्तिपूर्ण समाधान खोजिनु पर्नेमा चीनले कडा कदम चाल्न खोजेको भन्दै अमेरिकाले तीव्र प्रतिक्रिया दिएको छ । अमेरिकामा राष्ट्रपति बाराक ओवामा र दक्षिणपूर्वी एसियाका नेताहरुको बैठक अमेरिका शुरु हुनै लाग्दा चीन सम्वन्धि समाचार बाहिर आएको छ ।

मिसाईल तैनाथीवारे आएका प्रतिक्रियाहरुको जवाफ दिँदै चीनले दक्षिण चिनिया समुँद्रवारे अमेरिकाको अनावश्यक चासो र चिन्ता स्विकार्य नहुने बताएको छ । आफुले अन्र्तराष्ट्रिय काुनन विपरित कुनै कार्य नगरेको भन्दै चीनले अनावश्य चासो र हस्तक्षेप बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ ।

दक्षिण चिनिया समुँद्रको विषयलाई लिएर लामो विवाद समाधान हुन सकेको छैन् । मुख्यगरी चीन, भियतनाम, फिलिपिन्स, ताईवान लगाएतका मुलकुहरुले आफ्ना अडिग दावीहरु प्रस्तुत गर्दै आएको कारण विवादको व्यवस्थापन हुन सकेको छैन् ।

 

 

 

 

LIVE TV