५ फाल्गुन २०७२, बुधबार

फिल्म ‘द सोल्जर’ ले कार्यक्रमको आयोजना गर्दै फिल्मको बारेमा जानकारी सार्वजनिक गरेको छ । बि.एस.बलमीले निर्देशन गरेका फिल्म फिल्म ‘द सोल्जर’ले पुर्णरुपमा एक्शन प्रदान र जंगलको कथा व्यथालाई प्रस्तुत गर्ने भएको छ । ‘द सोल्जर’ फिल्ममा राजेन्द्र चौधरीले पुर्ण रुपमा एक्शन भुमिकामा अभिनय गरेका छन् ।
vlcsnap-2016-02-17-16h26m53s550
मुख्य लिड रोलमा रहेका चौधरीलाई जेनिशा केसिले साथ दिएकी छिन् । रामकुमार लामिछानेले प्रस्तुत गर्ने फिल्म ‘द सोल्जर’मा बलिउड फिल्म ‘टार्जन’को कथाबस्तु रहेको छ । फिल्ममा विभिन्न खतारनाक सिनहरु रहेका छन् । जस्मा हात्तिमाथि कुद्ने, पानी माथि दगुर्ने जास्ता भिन्न खालका सिनहरु रहेका छन् । ‘द सोल्जर’ फिल्ममा मनोहर सुनामको संगीत रहेको छ । त्यस्तै शेखर ज्ञावलीको कथा रहेको ‘द सोल्जर’मा सुरेश चौधरीले नृत्य निर्देशन गरेका छन् । फिल्मको जानकारी सार्वजनिक कार्यक्रममा उपस्थित भएका राजेन्द्र चौधरी आफुले राम्रो एक्शन गर्न सक्ने भएको हुनाले फिल्ममा अभिनय गर्ने मौका पाएको बताए । त्यस्तै अन्य खेलाडिहरुलाई पनि फिल्ममा अवसरहरु दिनुपर्ने बताएका छन् ।
vlcsnap-2016-02-17-16h27m00s897
फागुनको सातलाई रीलीज डेट तोकेका फिल्म ‘द सोल्जर’ले अन्य फिल्महरुको तुलनामा फरक रहेको छ । फिल्ममा राजेन्द्र चौधरी र जेनीसा के.सि.का साथै सुवास मेचे,दिवास उप्रति,सुनिल थापा, सुलेमान शंकर लगाएतले अभिनय गरेका छन् । फिल्मको जानकारी दिदै फिल्मका नायक राजेन्द्र चौधरीले आफ्नो कलाहरुलाई प्रस्तुत पनि गरे ।फागुन सात गते फिल्म ‘द सोल्जर’ सँगै अन्य दुई फिल्महरु को आफ्नो र फागु पनि दर्शक माझ प्रस्तुत हुदैछन् ।

LIVE TV