५ फाल्गुन २०७२, बुधबार

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा सबुज बानियाँ निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी भिमसेनदास प्रधानलाई हराउँदै बानिया आफ्नो प्यानलसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । महामन्त्री प्रकाशमान सिंहको समर्थन पाएका बानियाँले ६ सय ६३ मत पाउनुभयो भने प्रधानले ५ सय ५३ मत ल्याउनुभयो ।

Sabuj Baniya

यसअघि पनि काठमाडौं जिल्ला सभापति रहेका प्रधानलाई नेताहरु गगन थापा, नरहरी आचार्य लगायतको समर्थन थियो । कार्यसमितिको सचिवमा बानियाँ प्यानलकै राजकुमार नकर्मी र कोषाध्यक्षमा गोविन्द पुडासैनी विजयी भएका छन् । प्रधान प्यानलबाट सचिवमा अर्जुन पराजुली, र कोषाध्यक्षमा नर्मदा पोखरेल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । सचिवमा स्वतन्त्र रुपमा प्रणय सिंह मुन्नाले पनि उम्मेदवारी दिनुभएको थियो ।

LIVE TV