५ फाल्गुन २०७२, बुधबार

फल्ने बेलामा एक्कासि रोगको प्रकोप बढेकाले विरुवा नै सुक्न थालेपछि आलु खेती गरेका बाराका किसानहरु यति खेर चिन्तित बनेका छन् । लगानी अनुसार थोरै सयम भित्रै बढी भन्दा बढी उत्पादन हुने नगदे बालीको रुपमा किसानहरुले लगाएको आलुमा विभिन्न रोग लागि सुक्न थालेकाले खर्च समेत उठन नसक्ने भन्दै किसानहरु चिन्तित बनेका हुन ।


आलु सपार्न र उम्रेको आलु बचाउन परिवारका बच्चा देखि बूढा सम्म विहान देखि बेलुकासम्म खेतमै आलुको स्याहार तथा विषादी प्रयोग गर्न र बाली बचाउनमा व्यस्त देखिन्छन । एकातिर संयुक्त मधेशी मोर्चाको बन्द हडतालको कारण गत वर्षको तुलनामा ४० प्रतिशत थप महंगो विऊ मल र खेत जोताईमा खर्च गरी खेती गरिएका भएपनि जिल्ला कृषि विकास कार्यालयको प्राविधिकको अनुगमन निरीक्षण समेत नभएको तथा पटक पटक कार्यालयमा पुग्दा प्राविधिक नभेटिने गरेका कारण आफूहरु निकै समस्यामा परेको इनर्वासिरा ९ कंचनपुर ९ का किसान शिवा आचार्यले बताउनुभयो ।
टाटा एम प्रोटेक्टर जेड एन र किंगस फिस्टल लगायतका विषादीको प्रयोग गरेपनि कुनै किसिमको असर समेत परेको देखिदैन । मौसम अनुकुल नै ब्लास्ट, डरुवा, लेट ब्लास्ट जस्ता रोग लाग्ने र त्यसमा जतिसुकै विषादीको प्रयोग गरेपनि असर नगर्ने गरेको कारण किसानहरु चिन्तामा छन् । आन्दोलनका कारण अनुगमन तथा निरीक्षणमा प्रभाव पारेका जिल्ला कृषि विकास कार्यालय बाराका प्राविधिक शोभा शर्माको जिकिर छ ।
आलु उत्पादनको क्षेत्रमा बारा जिल्ला नेपालकै तेश्रो स्थानको रुपमा पकेट क्षेत्र घोषणा गरिएको छ । प्रतिकठा चार हजार देखि पाँच हजार सम्म रुपैयाँ खर्च गरेर आलु खेती गरेका किसानहरुको यसपाली लगानी समेत उठन नसक्ने अवस्था रहेको देखिन्छ । यस जिल्लामै कुल खेती योग्य जग्गा मध्ये सात हजार हेक्टर क्षेत्रफल जग्गामा आलु खेती किसानहरुले गर्दै आएका छन ।

 

LIVE TV