५ फाल्गुन २०७२, बुधबार

दक्षिण एशियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जितेको नेपाली टोली मुलुक फर्किएको छ । भारतको गुवाहटी र सिलोंग भएको १२ औँ सागमा सहभागी भएर नेपाली राष्ट्रिय फुटवल टिम आज अपरान्ह काठमाडौं आइपुग्दैछन् ।

खेलाडीहरु गुवाहाटीबाट बागडोरासम्म जहाजमा र बागडोगराबाट भद्रपुर विमानस्थलसम्म बसमा आउनेछन् । मुलुकको पूर्वी नाका काकड्भिट्टा आइपुगेका उनीहरुको भव्य स्वागत गरिएको छ । सीमावर्ती नेपाली क्षेत्र काँकरभिट्टामा हुदैं उनीहरु स्वदेश आउने भएपछि स्वागतका लागि काँकरभिट्टामा हजारौ मान्छेहरु विहानै देखि लामबद्ध भएर बसेका थिए । उनीहरु हातहातमा फुलगुच्छा लिएर स्वागत गर्न आतुर देखिएका थिए । सीमाको मेची पुलमै पुगेर समर्थकहरुले खेलाडीहरुको स्वागत गरेका थिए । काँकारभिट्टामा स्वागत गरेपछि धुलाबारी, विर्तामोडा, चन्द्रगढी नगर परिक्रमा गराइएको थियो । पूर्वी नाकामा उत्सबको माहौल देखिएको थियो आज विहानैदेखि । जिल्ला खेलकूद विकास समिति झापाको संयोजनमा स्वागत गरिएको हो । यसपछि झापाको भद्रपुरबाट भने खेलाडीहरुलाई प्लेनमा काठमाडौं आइपुग्दैछन् । खेलाडीहरुलाई विमानस्थलको डोमेस्टिक टर्मिनलमा भब्य स्वागत गरिने एन्फाले जनाएको छ । उनीहरुलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित दशरथ रंगशाला लगिनेछ । नेपाली टोली त्रिभुवन विमानस्थल आइपुगेपछि विजय जुलुससहित विमानस्थलको गेटबाटै सुरु हुने विजय जुलुस तिलगंगाचोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ । पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमल हुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर शहीदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पु¥याइने एन्फाले जनाएको छ ।

LIVE TV