५ फाल्गुन २०७२, बुधबार

बागलुङ जिल्ला लागू औषधको ट्रान्जिट प्वाइन्टका रुपमा विकास हुदै गएको पाइएको छ । मध्यपहाडी लोकमार्गको स्तरवृद्विसँगै बागलुुङ दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङबाट काठमाडौ, नारायणघाट लगायतका ठूला शहरमा  सिधा सवारी सञ्चालन हुन थालेपछि लागुआषैध ओसरपोसारको क्रम बढेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङक अनुसार पछिल्ला ४ बर्षहरुमा लागुऔषध ओसारपसारको क्रम बढेको पाइएको छ । बागलुङ सँग सिमा जोडिएका जिल्लाहरुबाट कमजोर सुरक्षा व्यवस्थापनको फाइदा उठाउदै बागलुङको बाटो हुँदै अन्य जिल्लाहरुको पु¥याउने गरेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहका अनुसार  जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन, बुर्तिबाङबाट मात्रै प्रहरीले आर्थिक बर्ष २०७२÷७३ को माघ महिनासम्म मात्रै ५८ केजी चरेश बरामद गरेका छ भने ७१÷७२ मा १६ केजी चरेश, ५२ केजी गाँजा बरामद भएको थियो । यस्तै ७०÷७१ मा ३६ केजी गाँजा बरामद भएको थियो भने ६९÷७० मा साढे १३ केजी चरेश बरामद भएको थियो ।

Baglung Municipality

यो आर्थिक बर्षमा मात्रै ७ जना लागुऔषध सहित पक्राउ परेका छन् भने ४ बर्षको अवधिमा १८ जना पक्राउ परेको तथ्याङकमा उल्लेख गरिएको छ ।  पक्राउ पर्नेहरुमा बढी रुकुम, रोल्पा, गुल्मी जिल्लाका रहेका छन् । ति जिल्लाहरुबाट बुटवल, भैरहवा, काठमान्डौ लगायतका जिल्लामा पु¥याउदा बढी ठाउँमा चेकजाँच हुने तर बागलुङको बुर्तिबाङ हुदै देशका ठुला शहर तथा गुल्मी तम्घाससम्म सिधा सवारी निष्कर्ष छ ।

प्रहरीले सुराकीको आधारमा लागुऔषध सहित ओसारपसार गर्ने भरियाहरुलाई पक्राउ गर्ने गरेको भएपनि वास्तविक मालिक भने प्रक्राउ गर्न सकेको छैन । पक्राउ परेकाले आफुहरु पैसाको लोभमा ओसारपसार गर्ने गरेको वताउने गरेका छन् । उनिहरु  पैसाको लोभमा भरिया बन्नेहरुले वास्तविक मालिकको बारेमा नबताउनु र लागुऔषध ऐनमा तोकिएको कारवाही भोग्न सहजै तयार हुनुनै प्रहरीको लागि मुख्य चुनौती बनेको छ ।

 

 

 

 

LIVE TV