
अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ सोमबारदेखि राजधानीको रुसी साँस्कृतिक केन्द्रमा सुरु भएको छ । फिल्म निर्देशक एवं अभिनेता निर शाह तथा विभिन्न देशका कुटनीतिक व्यक्तिले महोत्सव उद्घाटन गरेका हुन् । कार्यक्रममा शाहले नेपालका पहिलो फिल्म कुमारीले पहिलोपटक रुसको तासकन्द फिल्म महोत्सवमा भाग लिएको स्मरण गर्दै फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा उपस्थित गराउनका लागि महोत्सवले ठूलो भूमिका खेल्ने बताए ।
चार दिनसम्म चल्ने महोत्सवको पहिलो दिन सबिन बास्तोला निर्देशित ‘सुनपानी’ र रुसी फिल्म ‘लभ विथ एसेन्ट’ प्रदर्शन गरिएको थियो । महोत्सवमा नर्वे, रुस, इजरायल, भारत, स्लोभाकिया, चीन, कोरिया, डेनमार्क, स्पेन, स्विटजरल्यान्डलगायत देशका करिब एक दर्जन फिल्म प्रदर्शन हुनेछन् । फिल्म हेर्नका लागि निशुल्क टिकटको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।त्यस्तै महोत्सव आयोजक तथा अभिनेता कृष्ण मल्लले महोत्सवले फिल्मकर्मीबीच सद्भावका साथै ज्ञान र सिपसमेत विस्तार हुने पनि बताए । उनले आउँदो महोत्सवमा युवा, प्रजातन्त्रजस्ता विषयलाई प्राथमिकतामा राखेर बनाइएका फिल्मलाई सरिक गराइने बताएका छन् ।