५ फाल्गुन २०७२, बुधबार

दाङ ,दाङ,प्रहरीले २ किलो ५ सय ग्राम लागुऔषध चरेशसहित एकै घरका २ जनालाई पक्राउ गरेको छ ।

 

chares

पक्राउ पर्नेमा घोराही नगरपालिका ७ तुरुन्तपुरको प्रगति टोलका ४८ वर्षिय नगेन्द्र वुढा र उनका छोरा २५ वर्षिय ठाकुरप्रसाद बुढा रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरमा लुकाएर राखेको अवस्थामा गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई लागु औषध ऐन अनुसार कार्वाही प्रक्रिया अघि वढाईने उहाँले वताउनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV